एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, वरिष्ठ उपाध्यक्ष पद थप्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो । अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् ।

सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।

त्यसैगरी केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ । प्रवक्ता खतिवडाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी रहेको पनि बताए ।

पार्टी अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसालले दाबी गर्दै आएका छन् । एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा

कांग्रेस एमालेको सहमतिप्रति बालेनको व्यंग्यः ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार गठनमा नेपाली कांग्रेस र नेकपा

एमालेले बोलायो सचिवालय बैठक, पछिल्लो राजनीतिक घटनाक्रम बैठकको एजेण्डा

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय

कांग्रेस-एमाले सहमतिपछि रास्वापा आन्तरिक छलफलमा

काठमाडौँ । सत्ता परिवर्तन हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ