सरकारले ११ जना राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कुटनीतिमा विश्वसनीयता गुमायो : सांसद साउद



काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साउदले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाए ।

उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको बताए । उनले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ ।’

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजोको आरोप लगाए ।

उनले भने, ‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृथ्वी नारायण शाहले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए । तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्तासमीकरण बनाउन प्रयोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कुटनीतिक चाल नचाल्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र

नयाँ गठनबन्धमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि

एमाले महासचिव पोखरेल भन्छन्-संविधान संशोधन र तदनुरुपका कानून निर्माणका लागि ओलीको नेतृत्वमा सरकार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा