हामीलाई हटाउन सजिलो छैन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ७ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखिएको बताएका हुन् ।

उनले सानो संख्या छ भनेर चिन्ता गर्नुनपर्ने बताए । उनले भने, ‘हामीलाई हटाउन सजिलो छैन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’ प्रधानमन्त्रीले तरिका मिले पूरै अवधि आफू प्रधानमन्त्री हुने बताए ।

उनले भने, ‘ढुक्कसँग काम गरे हुन्छ । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ ।’ उनले केही दिनपछि सरकार जाँदैछ भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए ।

उनले आफू प्रधानमन्त्री भएदेखि नै यसप्रकारको हल्ला चलेको बताए । प्रधानमन्त्रीले भने, ‘जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसौँ महाधिवेशनको अवसरमा एकीकृत समाजवादीले भृकुटीमण्डपदेखि कमलादीसम्म निकाल्यो झाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

नक्कली ‘मुर्दारहरू’

डा. गोविन्दशरण उपाध्याय । समयः १ बजे, स्थान झोर झोरको एउटा खेतमा पुग्दा

गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र