आठ देशका लागि राजदूत सिफारिस



काठमाडौँ । सरकारले आठ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।

भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबीच राजदूत भागवण्डामा सहमति भएको थियो । जसमा एमालेलाई आठ, रास्वपालाई दुई र माओवादीको भागमा एक जना परेको थियो । सरकारले केही दिनअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री

गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र

संसदलाई जनताका आवाज बुलन्द गर्ने थलोका रूपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउनु सबैको दायित्वः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक

आज संसद् दिवस मनाइँदै

काठमाडौं । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको