गृहमन्त्रीको नाम नराखी संसदीय समिति बन्न नसक्ने कांग्रेसको अडान



काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस नेताहरुको बैठकले सहकारी ठगीमा छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नाम तोक्नुपर्ने निर्णय गरेको हो ।

सदनको गतिरोध अन्त्यका लागि सघाउन आग्रह गर्दै घरमै आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई  देउवाले त्यही निर्णय सुनाएका छन् । नेताहरूबीच आन्तरिक छलफल भइरहेका बेला प्रचण्ड बुढानीलकण्ठस्थित देउवा निवास पुगेका थिए ।

बैठकमा सहभागी नेता जीवन परियारले कांग्रेसले आफ्नो पूर्ववत अडानमा कायम रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारीको नाम तोक्ने तर व्यक्तिको नाम नतोक्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरे पनि देउवाले त्यसलाई अस्वीकार गरेका थिए ।

सरकारले संसदबाटै बजेट ल्याउन चाहेकाले सहज परिस्थिति बनाइदिन प्रचण्डले देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले सरकारले प्रतिपक्षलाई अलमल्याउने नीति लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिको नाम तोकेरै छानबिन समिति बन्छ भने सहमति हुने, नभए असहमतिको कारक सत्तापक्ष नै हुने जवाफ दिएका थिए ।

यसअघि कार्यदलमा गृहमन्त्री लामिछानेको नाम नलेख्ने र उनी संलग्न सहकारी र कम्पनीमा मात्र उल्लेख गर्नेमा कांग्रेस सहमत भएको सत्ता पक्षका नेताहरुले बताएका थिए । कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको छ । तर सत्तापक्ष संसदीय समिति गठन गर्न तयार भएको छैन । जसका कारण बजेट सदनबाट आउनेमा आशंका बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन विशेष समितिद्वारा गोरखा मिडियामा ऋण प्रवाह भएको कागजात उपलब्ध गराउन पत्राचार

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले

ऋण उठाउन सक्दैनन् प्रदेश, सङ्घ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै

  हेमन्त जोशी, काठमाडौँ । पछिल्ला केही वर्षयता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि

लेबनानमा हुने फोर नेसन्सका कपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

काठमाडौँ । लेबनानमा हुने फोर  नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा