संंक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाउँछुः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले शुक्रबार शिष्टाचार भेट गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच सङ्क्रमणकालिन न्याय एवम् मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहँदै नेपाल मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सधैँ प्रयत्नशील रहेको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री दाहालले संसद्मा विचाराधिन सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताएका थिए ।

त्यसअवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री दाहालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लमजुङमा पहिरोमा परी चारजनाको मृत्यु

लमजुङ । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको

प्रेसको अगाडि पेन्टी मात्र देखाएर के गर्ने हो बुनुहरु ?

प्रकाश सायमी । अभिनय गर्ने कला र बोल्ने कला दुई फरक कुरा हुन्

कैलाली र लमजुङमा चट्याङ लागेर तीन जनाको मृत्यु

कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३

नेपालको नवीकरणीय ऊर्जा, जलविद्युतमा लगानी गर्न ओपेक फन्डका अध्यक्ष तयार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना