संसदको अवरोध हटाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ।

पार्टी सचिवालयको बिहीबार बसेको बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले प्रधानमन्त्री, गृहमन्त्री र कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ। दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भए पनि त्यसको कार्यदेशमा सहमति नहुँदा समिति पनि गठन भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका

मन फराकिलो बनाएर संवाद गरे नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष प्रचण्ड’

  काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको