प्रतिनिधिसभाको बैठक अपरान्ह चार बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँगको टेलिफोन संवादमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै केहीबेर बैठक रोक्न आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ । सदन खुलाउने प्रयास भइरहँदा प्रतिनिधिसभाको बैठक सारिएको हो । यता सभामुखले बानेश्वरमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।