झुट प्रधानमन्त्रीले बोल्नुभो कि गृहमन्त्रीले ?



प्रदीप पौडेल ।
सहकारी ठगी प्रकरणमा आरोपित फरार व्यक्तिलाई लिएर एउटै सरकारका प्रधानमन्त्री र गृहमन्त्री बीचमा फरक मत आउनुले यस विषयमा सरकार कति लाचार छ भन्ने प्रष्ट देखिन्छ । गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सहकारी ठगीमा आरोपित व्यक्तिलाई अघिल्लो सरकारले भगाएको हो भन्ने, फेरि प्रधानमन्त्री स्वयंले त्यसको खण्डन गर्ने । गृहमन्त्रीले इंगित गरेका ‘हिजोको सरकार र आजको सरकार’को नेतृत्व गर्ने व्यक्ति पक्कै एउटै हुन भने सरकारको जवाफदेहिता खै ? यस्तो गम्भीर विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीचको विवादास्पद अभिव्यक्तिमा दोषी को हो, प्रधानमन्त्री की गृहमन्त्री ? यहाँ प्रश्न अभिव्यक्ति कसले दियो भनेर एउटा व्यक्तिको ‘नाम र थर’ सँग मात्र जोडिएको छैन, राज्यको जिम्मेवार पद र निकायसँग जोडिएको छ ।

लाखौं नागरिकले बचत गरेको अर्बौं रुपैयाँ ठगी गरेको यति ठूलो घोटालामा सरकार जिम्मेवार भएर दोषीलाई कारवाही गर्ने र बचत कर्ताको रकम फिर्ता गर्ने कार्यमा लाग्नुको सट्टा कहिले दोषीलाई क्लिनचिट दिन संसद्को दुरुपयोग गर्ने, कहिले राज्यका निकायको दुरुपयोग गर्ने, कहिले आफ्नै गृहमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी समेत लिन नसक्ने ? त्यसैले, सरकारले कहिले आफ्नो अक्षमता त कहिले निरंकुशता प्रदर्शन गरेर होइन, जिम्मेवार भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन आफ्नो ऊर्जा खर्च गरोस् ।

सहकारी ठगीको यस विषयमा नेपाली कांग्रेस प्रष्ट छ – संसदीय छानविन समिति बन्नु पर्छ । निष्पक्ष छानबिन गरेर दोषी जो कोहीलाई कारबाही हुनुपर्छ । सहकारीसँग जोडिएको यो विषय मात्र होइन, हिजोका सबै सरकार र सरकारमा रहेका व्यक्ति तथा राज्यको सेवा सुविधा लिएर लाभको पदमा बसेका व्यक्ति सबैको छानबिन हुनुपर्छ र दोषी ठहरिएमा कानुनी कारबाही हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज। वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ

हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

सिमकोट । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि

कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको