कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्छः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताएका छन् ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गरे ।

उनले भने, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।”

उनले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उनले जिकिर गरेका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय

राज्य व्यवस्था समितिका सभापतिको प्रश्नः निजामती विधेयक यहाँ आएर किन रोकियो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक