कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ



काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागबाट पछि नहट्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरुङले संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको बताए । उनले संसद चल्न नचल्ने सरकारको हातमा रहेको बताए । उनले भने,‘हामी हाम्रो अडानबाट ब्याक हुँदैनौं । सदन चल्ने नचल्ने सरकारको हातमा छ ।’

अघिल्लो संसद अधिवेशनमा कांग्रेसले संसदीय समिति गठनको माग राखेर सदनमा अवरोध गरेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो । अब बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ । कांग्रेसले संसदीय समिति गठन नगरे सदन चल्न नदिने बताउँदै आएको छ । तर सरकार संसदीय समिति गठन नगर्ने पक्षमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको रकम अपचलनको अभियोगमा सांसद बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर

नवलपरासी । सहकारी ठगीमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  काठमाडौँ ।  राष्ट्रियसभाको आइतबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि

गृहमन्त्रीविरुद्धको मुद्दामा अग्राधिकार दिँदै सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, अर्को पेसी जेठ २८ मा

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेको रिटमा