कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदका महासचिव पदम्प्रसाद पाण्डेयले बुधबार सूचना जारी गरी सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।

महासचिव पाण्डेयले सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको जनाएका छन् । भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थिए ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । गुरुङमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छः महासचिव पोखरेल

  दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि