एमालेलाई देउवाको प्रश्नः कांग्रेसलाई गाली गरेर हुन्छ, खै मदन भण्डारीका हत्यारा खोजेको ?



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्न गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा सोमबार गोदावरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले मदन भण्डारीको हत्याको विषयलाई लिएर कांग्रेसलाई गाली गलौज गरेकोमा आपत्ति जनाए ।

उनले भने, ‘मदन भण्डारीसँग मुलुकमा राम्रै कुरा गर्ने मन थियो । त्यो हामीले बुझेका छौं । तर कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो । मलाई गाली गर्नेहरुले मदन भण्डारी कसरी मरे, किन भन्न सक्दैन ? हत्यारा को हो आफू खोज्न नसक्ने अनि कांग्रेलाई गाली गर्ने ? हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको ?’

सभापति देउवाले भण्डारीको चालकको समेत हत्या गरिएको भन्दै त्यसकाबारेमा समेत खोजी नभएको बताए । उनले भण्डारी पत्नी दुई दुई पटक राष्ट्रपति बन्दासमेत हत्याकाण्डको खोजी नहुनु दुःखद भएको बताए ।

उनले भने, ‘एमालेबाट विद्या भण्डारी दुई पटक राष्ट्रपति बनिसक्नुभयो, एमालेबाट प्रधानमन्त्री धेरै हुनुभयो, खोई अहिलेसम्म मदनको हत्यारा पत्ता लागेको ? कांग्रेसको विरोध गर्नु सजिलो होला गर्नुहोस् । केही छैन । तर मलाई गाली गरेर केहि हुनेवाला छैन ।’

उनले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताए । सभापति देउवाले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिए ।

उनले भने, ‘नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु । नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।’ उनले सङ्घीय संसद्मा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै