‘कम्युनिष्ट आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि, पदीय आकांक्षाले ? समीक्षा गरौं’



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकी छन् ।
सोमबार नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा देखिने फुट राजनीतिक कारणले हो कि पदीय आकांक्षाको कारणले भएको हो त्यसको समीक्षा गर्नुपर्ने बताएकी हुन् ।

उनले यसबारे ठोस निष्कर्ष निकाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘स्थापना भएका अरु देशका कम्युनिष्ट पार्टीले के कति सफलता गरे र के कस्ता असफलता व्यहोर्नुपर्यो त्यसको समीक्षा र नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्ने जस्ता विषयमा समीक्षा गरि ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाइ हुन्छ ।’

उनले संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबैले मिलेर कार्य गर्न आवश्यकता भएको बताएकी छिन् ।
राष्ट्रपतिको भूमिकामा हुँदा जनताको हितलाई ध्यानमा राखेर नेपाल राष्ट्र र नेपाली नागरिकको सम्मान र गौरव बढाउन काम गरेको भन्दै भूमिकाबाट बाहिरिए पनि त्यो भूमिका नछोडेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेससँगको छलफलमा प्रधानमन्त्री संसदीय छानबिन समिति गठन गर्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन

मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै