कति दिन यो गठबन्धन टिक्ने हो म भन्न सक्दिनँः माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका छन् ।

‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नेपालको राजनीति जटिल मोडमा पुगेको बताएका हुन् ।

उनले गठबन्धन फुट्ने र जुट्ने क्रम जारी रहेकाले यसको भविष्यकाबारेमा आफूले भन्न नसक्ने बताए । उनले भने, ‘गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ। कति दिन यो गठबन्धन टिक्ने हो त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ। हामी सहज ठानिरहेका छैनौं।’ अध्यक्ष नेपालले आफू कसैको गाली सुन्न राजनीतिमा नआएको बताए ।

उनले भने, ‘हामी राजनीतिमा कसैको गाली सुन्न लागेका होइनौं र कसैको दास बन्न पनि राजनीतिमा आएका होइनौं।’ उनले परिवर्तनको संवाहक जनता हुन् भन्ने सन्देश प्रवाह नगरेसम्म कम्युनिष्ट आन्दोलन सफल नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीले र कांग्रेससँग छलफल गर्दै

काठमाडौं । संसदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल