सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने एमालेको संकेत



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ ५ बजे सकिँदैछ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन् । त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको छ । तर नेकपा एमाले भने अझै निर्णयमा पुग्न सकेको छैन। नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ । एमालेको मनोदशा बुझेरै एकीकृत समाजवादीले बुधबार केन्द्रीय सचिवालय बैठकबाटै सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो । तर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने आफूहरू पर्ख हेरको अवस्थामा रहेको बताए ।

गत आइतबार संविधानको धारा १६८ (२) अनुसार नै नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए । कैलासले नेकपा (एमाले) का १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका २ र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहने गरी दाबी पेश गरेका थिए ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सांसदको समर्थन रहने गरी दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवानाको फैसला

काठमाडौं । सुरक्षण मुद्रण प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी

सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्ने गृहमन्त्रीको दुष्प्रयासः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको

सिरोहिया पक्राउ स्वीकार्य छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष कैलाश