दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा अघि सार्ने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता दीर्घ सोडारीलाई उठाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने सहमति भएपनि गत आइतबार गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएर अघि बढाएपछि एकीकृत समाजवादीले कांग्रेसको साथ लागेर बैकल्पिक गठबन्धन बनाउने प्रयास थालेको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहमति जुटाएर सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने वातावरण बनाएका थिए ।

त्यसपछि यसअघि दाबी पेश गर्ने दुबै जनाको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले दुई दिनको समय दिँदै पुनः मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार