झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति पौडेल



दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक रहेको बताएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले झण्झटिलो प्रशासनिक सेवालाई सहज र सरल बनाउँदै भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले भने, “व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरुका लागि एकातिर विकासका गतिलाई तीव्रता दिनुछ भने अर्कोतर्फ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प छैन ।”

राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने योजनालाई जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे । सवैधानिक व्यवस्थाअनुसार स्थापित गणतान्त्रिक नेपालको महत्वपूर्ण आधार संरचना स्थानीय तह भएकाले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ दृढ रहन उनले आग्रह गरे ।

विगतमा सिहंदरबारमा केन्द्रिकृत शासन व्यवस्थालाई घरदैलोमा नै ल्याएर सेवा सुविधा दिने स्थानीय तह शासन प्रणालीको बलियो आधार भएको उनको भनाइ थियो ।

स्थानीय तहका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले भने,“देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस गाउँपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी सेवासुविधालाई सहज र प्रभावकारी बनाउन सुविधासम्पन्न प्रशासकीय भवन बनाएकामा म धन्यवाद भन्न चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा

नेपाली कांग्रेसले संसदमा अवरोध जारी राख्ने

काठमाडौं । नेपाली कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ । सरकार संसदीय

आगामी निर्वाचनपछि एमाले निर्णायक शक्तिमा पुग्छः अध्यक्ष ओली

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन

करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय