बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री



हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले बिहीबार साँझ प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाएको हो । नवनियुक्त मन्त्री बज्राचार्यलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । हानेपा सरकारमा सहभागी भएसँगै जम्मक्ट्टेल सरकारको संकट टरेको छ ।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कांग्रेस बागमती सरकारबाट बाहिरिएको थियो । कांग्रेस सरकारबाट बाहिरिएपछि माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायत दल मिल्दा पनि सरकार बनाउन एक सांसद कम हुन्थ्यो । यस्तोमा हानेपाका बज्राचार्य मन्त्री बनेपछि सरकारमाथिको संकट टरेको हो ।

११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सांसदको समर्थ आवश्यक पर्छ । प्रदेशसभामा सत्ता गठबन्धनको एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद छन् । यस्तै, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । मन्त्रिपरिषद् विस्तारसँगै चारदलीय गठबन्धनबीच पाँचबुँदे सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ