कति लाइट चाहियो ?



डा. गोविन्दशरण उपाध्याय ।

वैदिक ऋषिहरूले प्रार्थना गर्दै ‘तमसो मा सद्गमय अर्थात् मानव–समाजलाई अन्धकारबाट प्रकाशतिर लैजाउ भन्दै गर्दा आजको ‘विजुली र त्यसबाट प्राप्त हुने प्रकाश’को पक्कै पनि कल्पना गरेका थिएनन् । विजुलीको उत्पादन र विस्तारसंगै विश्वबाट निरन्तर अन्धकार विस्थापित हुँदैछ । १५ करोड़ किलोमिटर टाढाको सूर्य पृथ्वीको प्राकृतिक ‘बल्व’ हो । मान्छेलाई यो बल्वले नपुगेर रातिमा पनि थपेको थपै छ । यो कति थपिने हो थाहा छैन ।

म केटाकेटी हुँदा अँधेरी रातमा एउटा घरबाट अर्को घरमा जान खरको मूठो बाल्नु पर्थ्यो वा सल्लोको दियालो बाल्नु पर्थ्यो । कदाचिद् आगो निभ्यो भने हातले भुई छाम्दै हिड्ने मध्येमा म लेखक पनि पर्छु । मलाई सुत्ने कोठामा सुत्ने समयमा (राति) प्रकाश आएको कत्ति पनि मन पर्दैन ।  मलाई लाग्छ, प्रकाश निद्राको सबैभन्दा विकट शत्रु हो । प्रकाश चाहिन्छ, यसको अर्थ प्रकाश चौविसै घण्टा चाहिन्छ भन्ने होइन ।
गाउँसहर सबैतिर बिजुली पुगेको छ । गाउँ होस् वा सहर हरेक घरका मान्छेले घरवाहिर एउटा ‘बल्व’ बालेर वरिपरी उज्यालो छर्ने गरेका छन् । सहरिया बाटोघाटो त झन् ‘झिलिमिली’ हुन्छन् ।

म हरेक रात्री आफ्नो घरको छतमा उभिएर हेर्छुः आजका मितिमा उहिलेजस्तै जुनकिरीहरूले प्रकाश छर्दैनन् । किरा–फट्यांग्राहरू कराउंदैनन् । विजुलीले असंख्य रात्रिकालीन (अँध्यारोमा जिउने) जीवहरूको अस्तित्वलाई समाप्त पारेको छ । मेरो घर अगाडीको खेतखलिहानका जुनकिरीहरूलाई ‘बिजुली’ले निलेको छ ।

यही बिजुलीले ‘हाम्रो एकमात्र निवासस्थल पृथ्वीलाई निरन्तर तताउँदै छ । इको–सिस्टम खल्वलिएको छ । ऋतुहरूको प्राकृतिक आगमन र गमन अगाडी पछाडी भएको छ । हामी मान्छेजस्तै ‘बोल्न नसक्ने, अर्काको अस्तित्वलाई चुनौति दिन नसक्ने’ असंख्य प्राणी र बनस्पतिहरूले आफ्नो अस्तित्व गुमाउँन पुगेका छन् । सन् १९१७ मा प्रकाशित भएको ‘नेचर’को एउटा खोजले ‘मानवीय क्रियाकलापका कारण करिव २ लाख प्रजातिहरू पृथ्वीबाट सधैका लागि लोप’ भएको अनुमान गरेको छ । सायद, उप्रान्त मान्छेलाई रात नचाहिएको हो त ? ‘के हाम्रो एकमात्र निवासस्थल ‘पृथ्वी’लाई अव अँध्यारो अबन्च्छित भएको हो ? ले अध्यारोमा आश्रित जीवनहरू अनावश्यक भएका हुन् ? के २४ घण्टा प्रकाशमा नुहाउने पृथ्वी सुरक्षित रहला ? यो कुरा मैले नसोचे, तपाईंले नसोचे कसले चिन्तन गर्ला ? हामीले कहीं आवश्यकता भन्दा बढी ‘लाइट’को उपयोग गरिरहेका त छैनौं ? विवेकपूर्ण विचार हामी मान्छेले नै गर्ने हो किनभने अतिरिक्त ‘लाइट’मान्छेले खोजेको हो र उपयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

पार्क थेयङ । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ

गिरीबन्धु टी-स्टेटको फैसला कांग्रेसको अर्को एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई सदनमा उठाउने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सदनमा अवरोध नगर्ने

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको