त्रिविको उपकुलपतिमा तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाईः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध व्यक्तिलाई ल्याउन लागिएको बताएका छन् । सोमबार पार्टी निकटको राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्रिविको उपकुलपतिमा भागवण्डा नगरी एकलौटी गरेको बताएका हुन् ।

उनले भने, ‘असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार ! तीन जनामा तेस्रो चाहिं नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई । किनभने धेरै असफल भएको मान्छे चाहियो नि !’

उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस भएको छ । त्यसैगरी अध्यक्ष ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेको बताए ।

उनले भने, ‘जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका छन् । तिनीहरूले धेरै मान्छेलाई डुबाए । ‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त उद्योग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ

तीन–चार महिनामा सेवा निवृत्त हुने कुलमानको पछि सरकार लाग्नु ठीक होइनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

राजस्वले कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने अवस्था भयो, अब विकल्प खोज्नुपर्छ: अध्यक्ष लिङ्देन

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर