खुसीको संसार !



डा. गोविन्दशरण उपाध्याय ।
संसार खुसीको घर हो । यहाँ जताततै खुसी छरिएको छ । जन्म लिनु सुख हो । हुर्किनु सुख हो । पहिलो लुगा सुख हो । पहिलो मित्रता सुख हो । पहिलो बोली सुख हो । पहिलो अक्षर सुख हो । पहिलो अक्षर सुख हो । विद्यालयको पहिलो दिन सुख हो । त्यसपछिका दिनहरू सुखै सुख हुन् ।
बाबाको बोली सुख हो । आमाको माया सुख हो । दाजुको माया सुख हो । दिदीको पुकार सुख हो । विद्यालयका साथीहरू । विद्यालयका गुरू/गुरूआमाहरू । छिमेकीहरू । साथीहरू । सहपाठीहरू सबै सुख हुन् ।

प्रेमिकासंग पहिलो भेट सुख हो । प्रेमीसँग पहिलो बसाई सुख हो । पतिले पत्नी भेट्नु सुख हो । पत्नीले पति भेट्नु सुख नै हो । पतिपत्नी सँगै बसेर गफ गर्नु सुख हो । सँगै खानु सुख हो । सँगै हिड्नु, । जिस्किनु । मस्किनु ? अल्हारिनु । काम गर्नु । एकअर्कालाई भोग्नु । सबै सुख नै हुन् ।
मोबाइलमा हेलो भन्नु सुख हो । मोबाइलबाट हजुरआमासँग गफ गर्नु सुख हो । पहिलो कम्प्युटर खोल्नु । जानीनजानी किबोर्ड चलाउनु । प्रोग्राम खुल्दा दंग पर्नु । यी सबै खुसी हुन् । मोटरसाइकलमा चढ्नु । कारमा शयर गर्नु । बसमा यात्रा गर्नु । पहिलोपटक हवाईजहाज चढ्नु । विदेशको सहरमा टेक्नु । मलमा मुभी हेर्नु । चटपटे खानु । उद्देश्य विना रमाइलो सँग हाँस्नु । अरूलाई हँसाउनु । सबै खुसी हुन् । हरेक क्षण हरेक पल खुसी नै बगिरहेको छ । यो संसार । यो शरीर, यो परिवार । यो प्रकृति । यो जीवन । सबै खुसी नै हुन् । सबैभन्दा महत्वपूर्ण कुरा । मेरो अस्तित्व नै खुसीको भण्डार हो ।

पहिलो सन्तान सुख हो । त्यसको हरेक मुस्कान सुख हो । बाबुआमाका हरेक उपदेश सुख हुन् । साथीका जिस्काई सुख हुन् । आमाका उपदेश सुख हुन् । हजुरबाका आशिर्वाद सुख हुन् । हजुरआमाको माया झन् सुख नै हो । बाल्यकाल सुख हो । किशोर/किशोर अवस्था सुख हो । यौवन त झन् सुखकै खानी हो । भोजनको हरेक गाँस । पानीको हरेक घुट्को । फलको हरेक चना । फुलको बासना । वर्षाको माटोको सुगन्ध । सबै सुख नै हुन् ।

कितावका हरेक पानाहरू । यात्राका हरेक पाइलाहरू । दिनको अन्त्यका विस्ताराहरू । दिनको आरम्भका जागृतिहरू । विहानको सूर्यकिरण । बेलुकाको चन्द्रमाको प्रकाश । टाढाटाढाका तारा देख्दाको आनन्द । गर्मीको हावा । जाडोको न्यानो । सबैतिर सुखैसुख छ । जीवन उर्जावान नृत्य हो । नृत्य सुख हो । कथाका हरेक हरफहरू सुख हुन् । भोगाईका हरेक अवस्थाहरू सुखका द्वार हुन् । धर्म सुख हो । ज्ञान सुख हो । क्षमा सुख हो। विद्या सुख हो । पवित्रता सुख हो । सङ्गीतको हरेक स्वर सुख नै हो । सुखको उर्जालाई दुःखमा खर्चन सकिन्न । छोराछोरीको माया । दान दिँदाको गौरव । प्रशंसा सुन्दाको आनन्द । इच्छा पुग्दाको अनुभूति । छोराछोरीसँग हार्दा । पत्नी/पतिसँग मस्किँदा । मन्दिरको प्रसाद खाँदा । ५० वर्षको उमेर भोग्दा । सबैतिर सुख छ । आनन्द छ ।

जीवन सुख हो । प्रकृति सुखको स्रोत हो । प्रौढ अवस्थाको मान सुख हो । वृद्धावस्थाको सम्मान आनन्द हो । जीवन ठाडो रेखा हो । यो आनन्दको अधान हो । जीवनका हरेक क्षणमा । हरेक घडीमा । हरेक दिनमा । हरेक हप्तामा । हरेक वर्षमा । सुखनै सुख भरिएका छन् । सुखको धारा बगिरहेको छ । दुःख पनि छ । निरानंद पनि छ । तर ती साना छन् । ह्वात्त आउँदा दुखेजस्तो हुन्छ । सुखको लागि नयाँ ढोका खोल्छ । हरेक दुःखको आगमनले । दुःखको सानो थप्पडले । दुःख सानो अनुभूतिले । नयाँ सुख फर्किन्छ । दुःखले तर्साउँछ । सुःख धैर्य दिन्छ ।
धैर्य नै जीवन हो । जीवन नै धैर्य हो । जीवन नै सुख हो । जन्म सुख हो । यसले संसार दिन्छ । जीवन सुख हो । यसले सम्बन्ध दिन्छ । जीवन सुख हो यसले अनुभव दिन्छ । वृद्धावस्था सुख हो । यसले इतिहास लेख्छ । पुस्तान्तरण गर्छ । सम्मानको स्वाद चाख्छ । अन्ततः मृत्यु पनि सुख नै हो ।यसले दुःखको अन्त्य गर्छ । दुःखको क्षणिक थप्पडको डरलाई समाप्त पार्छ ।

जीवन सुखमय छ । दुःख आकस्मिकता हो । आकस्मिकता कुर्नेहरूले दुःख भेट्छन् । निरन्तरतासँग रमाउनेहरूले सुख पाउँछन् । दुःख दृष्टिकोण हो । सुख जीवनको बास्तविकता हो । बास्तविकतासंग प्रेम गरौँ । आकस्मिकतासंग न डराउँ । डर हट्यो । जीवन सुख भयो । किनभने जीवन नै सुख हो । रोगहरू अवस्था हुन् । अवस्थाको अन्त्य हुन्छ । जीवनमा विश्वास गर्नेले । मृत्युसंगै अनन्त सुख प्राप्त गर्छन् । मृत्युलाई सुखको रूपमा स्वागत गर्छन् । जीवनकी दुःख ठान्नेहरू मृत्युसँगै अनन्त दुःखमा प्रवेश गर्छन् ।

यो खुसी सुख हो । यो खुसी आनन्द हो । यो रमाइलो हो । यो खुसी जीवनको सर्वोत्तम उपलब्धी हो । केही आफैभित्र खुसी हुन्छन् । केही अर्कोसंग खुसी हुन्छन् । केही परमात्मासंग खुसी हुन्छन् । केही मानवसंग खुसी हुन्छन् । सबैका खुसी फरकफरक हुन्छन् । जुन खुसी हुन्छन् । ती सुखी हुन्छन् । ती सबै आनन्दित हुन्छन् । अन्त्यमा, दुःख तपाईंको अनुभूति हो । जुन धेरै बनाइएको छ । सुख हाम्रो जीवन हो । जुन क्षणस्थायी लाग्छ । सुखलाई थोरै देख्ने दृष्टिकोण बदलौं । यहाँ जताततै आनन्दमात्र देखिने छ । निर्भय, निर्वैर, विश्व बन्धुत्व–यी सबै आनन्दका स्रोत हुन् । हामीसँग आनन्द छ र हामी आनन्दमय छौँ । यही गरिमा हो । यही सत्य हो । सत्यको बाटो हो ।
औं आनन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने