श्रीरामले जोडेका हिन्दूहरू



डा. गोविन्दशरण उपाध्याय ।

आज भारतीय अयोध्या चर्चामा छ । भगवान् श्रीराम चर्चामा चर्चामा छन् । नव–निर्मित श्रीराम मन्दिर चर्चामा छ । मन्दिरको कसैले बिरोध गरेका छैनन् । श्रीरामको कसैले बिरोध गरेका छैनन् । केहीले ‘अपूर्ण मन्दिरमा प्राणप्रतिष्ठा नगरौं’ भनिरहेका छन् । श्रीराम मन्दिर चर्चामा हुनुको कारण छ । यो मुसलमानहरुको प्रार्थनास्थल तोडेर बनाइएको हो । त्यहाँ झन्डै ५ सयवर्ष अगाडीको मस्जिद थियो । सन् १९९२ मा त्यो ढाँचा हटाइयो । त्यसो गर्दा धेरै ‘हिन्दू’हरू मारिए । तत्कालीन सरकारले मस्जिद जोगाउन सकेन । हिन्दूवादी मानिने भारतीय जनता पार्टीले मन्दिर बनाउछौं भन्यो । अनि, अहिले सत्तामा त्यही पार्टी छ । धेरै हिन्दूहरूले रामकृपामा विश्वास गर्छन् । भाजपा सत्तामा आउने कारण नै “रामकृपा“ ठान्छन् ।

परम्परावादी हिन्दूहरूका लागि श्रीराम ईश्वर हुन्। अयोध्या रामको जन्मथलो हो । अयोध्यामा मस्जिद होइन मन्दिर बन्नुपर्छ भन्नु अस्वाभाविक होइन । धेरैले बाबरी मस्जिद प्राचीन राममन्दिर नष्ट गरेर बनाएको विश्वास गर्छन् । भाजपाले यस्तो विश्वासलाई राजनैतिक शक्ति आर्जन गर्न प्रयोग गर्यो । भाजपाले राजनैतिक शक्तिको प्रतिमानका रुपमा श्रीराम मन्दिरलाई समेट्यो । त्यसपछि विश्वभरी राममन्दिरको विषयमा चासो बढ्यो । हिजोसम्म वास्ता नगर्ने सनातनी पनि राममन्दिरवादी बन्न थाले । अन्तन्तः भाजपाले भारतीय र गैर–भारतीय हिन्दूहरूलाई ‘श्रीरामलाई हिन्दू अस्तित्वको गौरव’का रूपमा बुझाउन र स्थापित गर्न सफल भयो ।

भारतीय सत्ताम रहेको भाजपाले नै ‘श्रीराम मन्दिर बोकेपछि’ विदेशीहरूको पनि यस विषयमा चासो बढ्यो । धर्मनिरपेक्ष भारतका जनताहरू विभाजित भए । भाजपाको तुलना इस्लामी कट्टरपन्थीसंग गरेर बुझाउने प्रयत्न भयो । हिन्दू विरोधी वा धर्मनिरपेक्षतावादीहरू विरोधमा उभिए ।
विदेशी मिडियाहरूले राम मन्दिरको निर्माणलाई मुस्लिम–इसाई विरुद्धको आक्रमणका रुपमा व्याख्या गर्न थाले । पक्ष र विपक्षमा बहस हुन थाले । यी सबैले राम र राममन्दिरको चर्चा चुलियो । हिन्दू सनातनीहरूले भाजपाको राजनैतिक सिद्धान्तको समर्थन नगरे पनि श्रीराम मन्दिरको विपक्षमा उभिन सक्ने अवस्था रहेन ।

श्रीराम मन्दिरको एतिबिध्न चर्चा हुनुको कारण
(१) भारतीय जनता पार्टीले राजनैतिक रूपमा सांस्कृतिक स्वाभिमानको रुपमा राम र राममन्दिरलाई प्रस्तुत गर्नु
(२) हिन्दू विरोधी तथा धर्मनिरपेक्षतावादीहरू एकै ठाउँमा उभिएर राम र राममन्दिरको आलोचना गर्नु
(३) भारतका धेरै ठाउँमा मन्दिरहरू तोडेर मस्जिदहरू निर्माण गरिएको इतिहास हुनु
(४) विश्वभरीका हिन्दूहरूका लागि श्रीराम साझा देवता हुनु
(५) भारतमा केन्द्रीय सरकार बनाउनका लागि चुनाव नजिकिंदै जानु र,
(६) विगत ३ सहस्राब्दी देखि सनातन धर्म मान्नेहरूले सर्वप्रथम जैन, त्यसपछि बौद्ध अनि मुस्लिम, अनि इसाई र अनन्तः तथाकथित धर्मनिरपेक्षताको आवरणमा सधै हिन्दुहरूको आलोचना सहँदै आएका हिन्दूहरूले सहसा आफ्नो विश्वास विश्वसमक्ष पुर्याउन सामाजिक संजाल उपलब्ध हुनु नै हो ।

केही मान्छे श्रीरामलाई गैर–राजनैतिक प्रतिमान ठान्छन् । यस्तो ठम्याई गलत हो । श्रीराम अयोध्यामा जन्मेर त्यहीं राजा बनेका थिए । जुन राजा हुन्छ, राजनीति त्यहींबाट आरम्भ हुन्छ । श्रीरामले मर्यादाको राजनीति गरे । धर्म शास्त्रको आचरण सिकाए । जीवनमा एकपत्नीको महत्वलाई बुझाए । हो, रामको राजनीति आजको जस्तो थिएन र रामकालीन राजनीति आज ठीक हुन्छ कि हुँदैन ? प्रश्न गर्न सकिन्छ । तर मर्यादा र सत्यका पक्षमा रामको राजनैतिक चेतना आज पनि चाहिएको छ । उपरोक्त कारणहरू बाहेक हिन्दूहरूमा आफ्नो सांस्कृतिक पुनर्जागरण र पुनः व्याख्या गर्ने तीब्रतर चाहना हुनु पनि हो । अहिले श्रीराम मन्दिर भारतीय जनता पार्टीले सत्ताको साँचोको रूपमा प्रयोग गरिरहेको जान्दाजान्दै पनि सम्पूर्ण विश्वका हिन्दूहरूको स्वाभिमान र गौरवको प्रतिक बनेको छ ।

भारतीय राजनैतिक मिचाईबाट आजित भएका नेपालीहरूले पनि ‘श्रीराम र श्रीराम मन्दिरको निर्माणलाई गौरव’कै रूपमा लिएका छन् । झन्, अयोध्याको नवनिर्मित राम मन्दिरका कारण नेपालको जानकी मन्दिर पनि चर्चाको उच्चतम शिखरमा पुगेको छ । जनकपुरको पनि चर्चा चुलिएको छ । नवनिर्मित राममन्दिरको प्रसंगले नेपाल र भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध अझैं बलियो भएको छ । जे जस्तो कारण र प्रयोजनले अयोध्यामा श्रीराम मन्दिरको निर्माण भएको छ, यसले गर्दै विश्वभरिका हिन्दूहरूमा पुनः भातृत्व सम्बन्ध स्थापित भएको छ र ‘हामी विश्वभरिका हिन्दू सनातनीहरू एक हौँ’ भन्ने संकथन पुनः स्थापित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले

‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै कुलमानलाई उर्जा मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार