सोसल मिडियाः खरावीसँग जोगिन सिकाउने पुस्तक



–गौरांगी उपाध्याय
अंग्रेजीमा लेखिएको पुस्तक सोसल मिडिया मुस्लिम धर्मावलम्बीहरूका लागि लेखिएको सानो पुस्तक हो । नेपालमा मुस्लिम धर्ममान्ने ठूलो समुदाय छ । मुस्लिमहरू आफ्नो धार्मिकताप्रति निकै विनम्र र समयनिष्ट हुन्छन् । आफ्नो धार्मिक शिक्षादीक्षाका विषयमा निकै संवेदनशील हुन्छन् । कुरान पढ्नु, पाँच पटक नमाज पढ्नु, एक ईश्वर र मोहम्मदमा विश्वास गर्नु, आफ्ना बालबालिकालाई इस्लामी शिक्षा दिनुआदि विषयमा मुस्लिम समुदायले आफ्नो पहिलो र अनिवार्य कर्तव्य ठान्छ । उपर्युक्त पुस्तकमा लेखकले मुस्लिमहरूले सामाजिक संजालको विवेकपूर्ण प्रयोग गर्ने÷गराउने तौरतरिकाका विषयमा शिक्षा दिएका छन् ।

आज सामाजिक सञ्जाल जीवनको अनिवार्य विषय बनेको छ । रेडियो, टेलिभिजन, इन्टरनेट र इन्टरनेटका माध्यमबाट प्रयोग गर्न सकिने युट्युव, फेसबुक, ट्वीटर तथा अन्य धेरैधेरै सूचनाहरूले मान्छेको जीवनलाई आक्रान्त गरेको छ । खासगरी अहिलेका युवाहरू इन्टरनेट र त्यसमा प्राप्त राम्रा–नराम्रा सूचनाहरू विनाको संसारनै कल्पना गर्न सक्दैन । साँचो कुरा त के हो भने डिजिटल वर्ल्ड आजको अनिवार्यता बनेको छ ।

एकातिर इन्टरनेटले मानसिककको दैनिक जीवनलाई आक्रान्त पारेको छ भने अर्कोतिर यिनै सामाजिक सञ्जालहरूको प्रयोग नगरीकन ब्यांक, प्रमाणीकरणजस्ता अत्यावश्यक कामहरूका लागि इन्टरनेटको प्रयोग अनिवार्य बनेको छ । कतिपय विकसित देशहरूमा त झन् शिक्षाको माध्यम होस् वा यात्राको बुकिंग सबै अनिवार्य रूपमा इन्टरनेटका माध्यमबाट प्राप्त गर्नुपर्छ । निश्चयनै इन्टरनेट तथा सामाजिक सञ्जालका अनेकौं फाइदाहरू छन् तर यसको उचित तथा विवेकपूर्ण प्रयोग गर्न सकिएन वा सिकाइएन भने अनेकौं दुर्गुणहरूले जीवनलाई नराम्रोसंग प्रभावित पार्छन् ।

यस सन्दर्भमा हिन्दू, मुस्लिम, इसाई तथा अन्य धार्मिक गुरूहरूले आजको समाजलाई सामाजिक माध्यामहरूको विवेकपूर्ण प्रयोगका विषयमा सूचना दिने प्रयत्न गरिरहेका छन् । यसै सिलसिलामा मैले एउटा प्रमुख इस्लामी समुदाय ‘अहमदिया मुस्लिम जमात’को वेबसाइटमा यस समुदायका प्रमुख धर्मगुरू हजरत मिर्जा मसरुर अहमदले लेखेको पुस्तक ‘सोसल मिडिया’ पढें । यो पुस्तक निकै ज्ञानवर्धक लाग्यो । यद्यपि यो पुस्तक मिर्जा मसरूर अहमदले आफ्ना अनुयायीहरूलाई सम्बोधन गरेका विभिन्न भाषणहरूको (धार्मिक उपदेशहरू) सङ्ग्रह हो र मुस्लिम समुदायका लागि बढी नै उपयुक्त छ तर अन्य समुदायका मान्छेका लागि पनि यो निकै उपयोगी छ ।

पुस्तकको प्रस्तावनामा मुस्लिम धर्मगुरू मिर्जा मसरूर अहमद लेख्छन् ‘सामाजिक सञ्जालले फाइदा र हानि दूवै पुर्याउन सक्छ, त्यसैले हाम्रा महिलाहरू र पुरुषहरूले यसको सावधानी र विवेकपूर्ण उपयोग गर्नुपर्छ ।’ उनी अगाडि भन्छन् ‘आज विश्वका केही राष्ट्रहरूले इन्टरनेट वा अन्य सामाजिक सञ्जालका माध्यमबाट अनैतिक तथा लाजलाग्दा क्रियाकलापको प्रसारणमा कानुनी संरक्षण दिएका छन् । यसले गर्दा विश्वका खरावीहरू तुरुन्त विश्वको कुनै ठाउँमा पनि नक्कल गरिन सक्छन् । त्यसैले हरेक व्यक्तिले इन्टरनेटको विवेकपूर्ण उपयोग गर्न सक्नु र जान्नुपर्छ । (सोसल मिडिया –१७) नत्र हाम्रो जीवन खरावीहरूले प्रभावित हुन्छ ।

किशोरकिशोरीहरू भावुक हुन्छन् र साथीहरूको कुरामा विश्वास गर्छन् । यसका लागि इस्लामी धर्मगुरू अहमद अस्लिलता र पापजीवनशैलीबाट किशोरकिशोरीहरूलाई जोगाउन केटाकेटीलाई बाल्यकाल देखिनै धार्मिक शिक्षा दिनुपर्छ, बालबालिकाले मोबाइलआदिको प्रयोग गर्नुहुँदैन र अभिभावकहरूले पनि अनावश्यक र अश्लील टेलिभिजन वा इन्टरनेटका सामग्रीहरू हेर्नु वा पढ्नु हुँदैन वा बन्द नै गर्नुपर्छ । यस विषयमा अभिभावकहरूले आफै र बालबालिकालाई शिक्षित गर्न आवश्यक प्रशिक्षण नै लिनुपर्छ’ भन्ने सुझाव दिनुभएको छ ।

यो पुस्तकमा ९ वटा अध्याय छन् । पहिलो अध्यायमा मानव जीवनको प्रमुख लक्षबारे, दोश्रो अध्यायमा सुन्नतको प्रयोजन, तेस्रो अध्यायमा वालबालिकाप्रति आमाबुवाको कर्तव्य, चौथो अध्यायमा बालबालिकाको विषयमा आमाको मुख्य भूमिका, पाँचौं अध्यायमा किशोरकिशोरीहरूलाई धार्मिक तथा नैतिक प्रशिक्षण, छैठों अध्यायमा स्वसंस्कृति र धार्मिक मान्यताहरूप्रति कसरी वफादार हुन सकिन्छ भन्ने वारे, सातौं अध्यायमा सामाजिक संजालमा प्राप्त हुने झूट, फरेव र भ्रामिक सूचनाहरू, आठौँ अध्यायमा सामाजिक सन्जालका असल पक्ष र तिनको विवेकपूर्ण प्रयोग वारे विवरण दिइएको छ ।

किनभने यो पुस्तकका लेखक इस्लाम धर्मगुरू हुन् । यस नाताले पुस्तकमा उल्लेखित विषयवस्तुहरू कुरानको दृष्टिकोणले प्रस्तुत गरिएका छन् । खासगरी अहमदीया मुस्लिम समुदायका संस्थापक धर्मगुरू मिर्जा गुलाम अहमदका शिक्षाहरूलाई विशेष महत्व दिंदै अहमदी मुस्लिमहरू सहित विश्वका सबै समुदायलाई “खरावीबाट सचेत रहननिर्देशन दिइएको छ । नेपालमा पनि अहमदी मुस्लिमहरूको सानो उपस्थिति छ । तिनका लागि र अन्य मुस्लिम समुदायको हितका लागि यो पुस्तक नेपालीमा अनुवाद हुँदा राम्रो हुन्छ ।इस्लामिक इन्टरनेशनल प्रेसले सन् २०१८ मा प्रकाशित गरेको यो पुस्तक अन्य धर्मावलम्बीहरूका लागि पनि सूचनाका दृष्टिकोणले उपयोगी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु