परिवर्तनका लागि जनता जाग्नैपर्छः सभापति लामिछाने



वालिङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले शुक्रबार स्याङ्जाको वालिङमा आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताए ।

देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अँध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नका लागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ थियो । “देशको अवस्था जटिल बन्दै गयो भन्ने चिन्ता नागरिकमा छ, देशमा परिवर्तन हुनुपर्छ भन्ने सोचमा हुनुहुन्छ”, उनले भने ।

“विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञहरूको समन्वय र सहकार्यमा पार्टीले नीति तथा योजना बनाइरहेको छ”, अध्यक्ष्य लामिछानेले भने, “हामी बोलेर भन्दा काम गरेर देखाउँछौँ, योजनाबद्ध तरिकाले अगाडि बढ्छौँ, ढुक्क हुनुहोस् ।”

हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यका लागि पार्टी निरन्तररूपमा लाग्ने उनले बताए । भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाइएमा तत्कालै कारबाही गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब