विप्लवसँग भएको तीन बुँदे सम्झौता कार्यन्वयन गर्न समाजवादी मोर्चाको आग्रह



काठमाडौं । समाजवादी मोर्चाले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका शीर्ष नेताहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भन्दै आपत्ति जनाएको छ ।

समाजवादी मोर्चाकातर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरी सरकार र सो पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव ‘सी’ र प्रवक्ता कमरेड प्रकाण्ड ‘सी’लगायतका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यसप्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ ।’

मंसिर १८ गते काठमाडौं जिल्ला अदालतले विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । राज्यविरुद्धको कसुर मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । २०७७ फागुन २० गते सरकार र विप्लवबीच तीनबुँदे सहमति भएको थियो । त्यति बेला नेकपामाथिको प्रतिबन्ध हटाउने, पार्टीका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा फिर्ताको सहमति गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न

कांग्रेसलगायत विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः यसको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध