अरुको कुरा सुन्ने बानी सुधार्न बालेनलाई प्रधानमन्त्रीको सुझाव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई अरुले बोलेको कुरा सुन्ने धैर्यता राख्न सुझाव दिएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सुरुमा बोलेर मेयर साह हिँडेपछि प्रधानमन्त्रीले आफूलाई पहिला बोलेर हिँड्नेसँग अलि ‘इरिटेसन’हुने बताएका हुन् ।

उनले भने, अहिले बालेन्द्रजी हिँडिहाल्नुभो । मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलि–अलि ‘इरिटेसन’हुन्छ। आफूले भन्ने कुरा जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन।’

सुरुमा बोलेका मेयर साहले संघ र प्रदेश सरकारले गर्नुपर्ने काम स्थानीय सरकारले गरिदिँदा आपत्ति मानेको भन्दै प्रश्न गरेका थिए । त्यस्तै मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहलाई बाधा अड्काउ परेकाले प्रधानमन्त्रीसँग बाधा अड्काउ फुकाउ गरिदिन आग्रह गरेका थिए।

त्यस्तै उनले फोहोर व्यवस्थापन, काठमाडौंका खोला अतिक्रमण लगायतका प्रसंग उठाउँदै संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।

उनले भनेका थिए, ‘केही केही कुराहरु हामी मेयरहरु, उपमेयरहरु बसेर पनि सल्टाउन सक्छौं । तर कुनै कुनै कुराहरु यस्ता छन्, संघीय कानुनमा स्थानीय कानुनमा बाझिएका छन् । फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई यहीँबाट आग्रह पनि गरें, अनुरोध पनि गरें ।’

यतिबोलेर मेयर साह कार्यक्रमबाट बाहिरिएका थिए । त्यसपछि प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीले मेयर साहलाई प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्न सुझाव दिए । प्रधानमन्त्रीले भने, ‘म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने तपाईंले चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई लिएर होस्, या तीनकुनेको कुरालाई होस्। चाहे फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने विषयमा कतिपटक सिंहदबारमा बैठक भयो । के अहिलेको प्रधानमन्त्री जस्तो रचनात्मक र सकारात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ? मैले बढी सहयोग तपाईलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदमा कांग्रेसको नाराबाजी, बैठक अवरुद्ध

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको

एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्

अरुलाई मिथ्या आरोप लगाएर आफू उम्किने प्रयास नगर्न गृहमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।