एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे तीन दलका शीर्ष नेताबीच छलफल



 

काठमाडौँ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको थियो । एनसेल खरिदबिक्री शङ्कास्पद भएको भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।  आज संसद्का दुई वटा संसदीय समितिमा पनि एनसेल खरिदबिक्रीबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी प्रकरणमा जनताको होइन, कांग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको होः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संसदीय मर्यादामा चल्न नसकेको

७० दिन चलेको हिउँदे अधिवेशनबाट जम्मा तीन विधेयक पारित, सभामुख भन्छन्-उपलब्धिमूलक !

  काठमाडौँ । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन

संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी

भक्तपुरमा सिन्दुर खेलेर यसरी मनाइयो सुथसिया जात्रा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट