राज्यले सम्बोधन गर्नुपर्ने आवाजको हो यो आन्दोलन



केशवप्रसाद भट्टराई ।

१. मूल सवाल संसारको कुनै प्रजातान्त्रिक मुलुकमा राज्य व्यवस्थाबारे कुनै विरोध र विमति देखिन्न– देखिए पनि त्यसको आकार नगन्य देखिन्छ तर नेपालमा २००७ सालदेखि राज्य व्यवस्थाको सवालमा अस्वीकार गर्न नसकिने आकारको विरोध, असन्तुष्टि र विमति रहने गरेको छ । वर्तमानको हकमा पनि त्यस्तै छ ।

२. मैले २०३६, २०४६ र २०६२–६३को आन्दोलनलाई नजिक रहेर सानोतिनो भूमिकामा रहेर हेरे–बुझेको छु, व्यवस्थाको सम्बन्धमा सत्तामा बस्नेको दावी र धम्की पनि देख्दै, सुन्दै र भोग्दै आएको छु । त्यसैले सवाल सत्ताधारी समुदाय (एमाले समेत) के भन्छन् भन्ने होइन, वर्तमान व्यवस्था सम्बन्धमा जनतामा विवाद, विमति र असन्तुष्टिको आकार कत्रो छ, सत्तामा बस्नेको, सरकार चलाउनेको पक्षमा जनसमर्थनको आकार कत्रो छ, विश्वसनीयता कति छ भन्ने हो । त्यसले आन्दोलनको सफलता /असफलताको स्तर र चरित्र निर्धारण गर्दछ । आन्दोलनमा नेतृत्व कसले गरेको छ भनेर पनि हेरिदो रहेनछ ।

३. यो उदाहरण पनि हेरौँ –
२०४६ को आन्दोलनमा गणेशमानजीको नेतृत्व त थियो तर आन्दोलनको मेरुदण्डको रुपमा नेकपा माले थियो तर त्यो पार्टीको नेतृत्व जसले गरेको थियो उनको नाउ समेत जनताको कुरै छोडौँ , काङ्ग्रेसको मूल नेतृत्वलाई समेत थाहा थिएन । मालेका पनि केन्द्रीय तहका नेतृत्वबाहेक अरूलाई त्यो जानकारी थिएन । अझ मूख्य कुरो ४६ सालको आन्दोलनको मूख्य दिन अर्थात् चैत २४ गतेको निर्णायक आन्दोलनको नेतृत्व काङ्ग्रेस र वाम मोर्चाले गरेको थिएन, माओवादी लगायतका सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलनले नेतृत्व र आह्वान गरेको दिन थियो त्यो । मूख्य नेतृत्व कसको थियो थाहा थिएन ।

४. २०६२–६३ मा महिनौं दिनसम्म रत्न पार्कमा जम्मा हुनेको संख्या १००-५० ! एक पटक सबै पेशागत समुदाय र सवै दल सम्बद्ध ट्रेड युनियनहरूले संयुक्त रुपमा आह्वान गरेको धर्ना थियो–भोटाहिटीको मुखमा तर त्यसमा सहभागीहरूको सङ्ख्या मुस्किलले सय नाघेको थियो । त्यसमध्ये एक जना यो पङ्क्ति लेख्ने समेत थियो ।

२०५२ देखिको माओवादी विद्रोह/युद्धको नेतृत्व कसले गरेको थियो –दुनियाँलाई थाहा थिएन । वर्तमान राष्ट्रपति र तत्कालिन काङ्ग्रेस नेता रामचन्द्र पौडेलले त माओवादी विद्रोहको नेतृत्व नै निर्मल निवासले गरेको बताएका थिए । २०३६, २०४६ र २०६२–६३को आन्दोलनको शुरूका दिनहरूमा रहेको सहभागीहरूको तुलनामा आज दुर्गा प्रसाईको नेतृत्वमा आएको आन्दोलनकारीको सङ्ख्या विशाल र विराट थियो । यसलाई उपेक्षा र अवमूल्यन गर्ने गल्ती सत्ताधारी समुदायले नगरे बेस होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह