ॐ कारको नासा कनेक्शन !



डा. गोविन्दरशण उपाध्याय ।
ॐ कार वैदिक संस्कृतिको भारतभूत परिचयको प्रतिक हो । वैदिक संस्कृतिबाट उद्भव भएका जैन, बौद्ध, किरात र शिख समुदायले पनि ॐ कारको आध्यात्मिक जीवन तथा साधनामा दैनिक प्रयोग गर्छन्–यो सत्य हो । आज ॐ कार हिन्दूहरूको आध्यात्मिक प्रतिकमात्र नभएर पुनः जैन, बौद्ध, किराती, बोन्पो तथा शिखसमुदायको सामुहिक सम्पदा हो ।

आजभोली ॐ कारको सामाजिक संजालमा निकै चर्चापरिचर्चा भैरहेको छ । खासगरी Swagat Nepal को समुहको मुद्दामा अदालतले आदेश जारी गरेपछि चर्चा चुलिएको हो । यो परिचर्चाका कारण ॐ कारसंग निरपेक्ष रहेका वा ॐ कारको विषयमा केही पनि नजानेका व्यक्ति वा समुदाय पनि ॐ कारको विषयमा खोजिखोजी पढेका छन् । यो राम्रो पक्ष हो ।

तर ॐ कार अमेरिकी अन्तरीक्षको अध्ययन गर्ने संस्थासंग जोडेर ‘ॐ कारको ध्वनी अन्तरीक्षमा प्रमाणिक भएको छ, नासाले ॐ कारलाई मान्यता दिएको छ, ॐ कारका आधारमा नासाके अन्तरीक्षको खोज गरिरहेको छ’जस्ता भ्रामक तथा कपोलकल्पित लेख्ने जमात पनि बढेको छ । सर्वसाधारणसहित विद्वान पनि यो भ्रामक प्रचारप्रसारमा सरिक भएका छन् । यस्तो भ्रामक प्रचारप्रसारले सनातन संस्कृतिको बैज्ञानिक पक्षमा आधात र अविश्वास बढ्छ । ॐ कारलाई नासाजस्ता कुनै पनि देशी वा विदेशी संस्थाहरूले मान्यता दिनु पर्दैन । यो हामी सबैको आस्थाको धरोहर हो ।

उपर्युक्त विषयमा पाठकहरूले के बुझ्न पर्छ भने अमेरिकी संस्था नासाले ॐ कारको विषयमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन । आजको मितिसम्म अन्तरीक्ष विज्ञानमा काम गर्ने कुनै पनि संस्थाले अन्तरीक्षमा ॐ कारको अध्ययन गरेको कुनै प्रमाण छैन । तर दर्शनशास्त्र, मनोविज्ञान, cognitive science, न्युरो–साइन्स तथा तान्त्रिक विज्ञानअन्तरगत अनुसन्धान भएका छन् । उदाहरणका लागि महर्षि महेश योगी तथा आचार्य श्रीराम शर्माका संस्थाहरूले ॐ कार र त्यसले शारीरिक, मानसिकतहमा पर्ने प्रभावहरूको डाटा–बेसमा अनुसन्धान गरेका छन् । केही स्वतन्त्र संस्थाहरूले पनि ॐ कारको ध्वनि र त्यसले पार्ने प्रभाव बारे अनुसन्धान गरेका छन् । सबैभन्दा महत्वपूर्ण तत्थ्य के हो भने सबैजसो अनुसन्धानले ॐ कारलाई थेरापीका रूपमा उपयुक्त भएको ठहर गरेका छन् ।

पुनः ॐ कार सम्पूर्ण सनातानिको साझा तथा अपौरुषेय सम्पदा हो, अस्तित्व तथा परिचय हो । जन्मदेखि मृत्युसम्मको साधना हो । आध्यात्मको उत्स हो । ॐ कार विना वैदिक सभ्यता परिचय विहिन हुन्छ । यसको सुरक्षा र निरन्तरता हरेक सनातनीको प्राथमिक दायित्व हो । ॐ कार विरुद्ध कुनै पनि षड्यन्त्र अक्षम्य हुन्छ । तर पनि वैज्ञानिकताका नाममा ॐ कारसंग असम्बद्ध संस्था तथा व्यक्तिहरूको नाम जोड्नु उचित होइन । सचेत रहेर ॐ कारको आराधना गरौँ ।

ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः ।
कामदं मोक्षदं चैव ओंकाराय नमो नमः ।
अर्थः ऋषिमुनि तथा योगीहरूले विन्दुभएको ॐ कारको सधैं साधना गर्छन् । किनभने ॐ कारमा सम्पूर्ण कामना पूर्ण गर्ने र अनन्तः मोक्ष दिने शक्ति छ, ॐ कारप्रति नमन गरौँ ।
स्वस्त्यस्तु (सबैको कल्याण होस्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति तथा कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटीले आमनागरिकमा निराशा उत्पन्नः सांसद केसी

काठमाडौँ । सङ्घीय संसदमा छलफलको क्रममा रहेको सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को

सगरमाथा संवादमा नेपालले उठाउने भनेकै जलवायु न्याय हो

-डा. धर्मराज उप्रेती नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना

पीडितको सहभागिताबिना सङ्क्रमणकालीन न्याय अगाडि बढ्न सक्दैनः गृहमन्त्री लेखक

ललितपुर । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका

आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ यसरी सुनाए प्रधानमन्त्रीले

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई