नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा हामीहरुलाई राम्रोसँग जानकारी छः सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा केही दिनअघि भएको बहसको विषयलाई लिएर आत्मालोचना गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर भएको बहसप्रति आत्मालोचना गरेका हुन् । आफ्नो पार्टीको तर्फबाट राँगा भैंसीको विषयमा भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।

उनले भने,’संसदमा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन । यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु ।’

उनले आफ्नो पार्टीले नागरिकता विधेयकको विरोध नगरेको बताए । उनले आफूहरुले प्रक्रियाको मात्र विरोध गरेको बताए । लामिछानेले रास्वपा जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताए ।

उनले भने,’विधेयक संसदमा आएको भए हामी छलफल गर्थ्यौं, स्वामित्व लिन्थ्यौं तर जुन बाटोबाट प्रमाणीकरण भयो जम्मा विपत्ति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौं ।’

वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको पनि लामिछानेको भनाइ थियो । उनले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा रहेको भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने,’नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायविरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ । जनतामा भ्रमित हुने गरी रास्वपाविरुद्ध अफवाह फैलाइएको छ। त्यसमा हामीलाई आपत्ति छ । नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा हामीहरुलाई राम्रोसँग जानकारी छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको इशारामा प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

  काठमाडौँ ।  आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार