रामायण र भानुभक्तको कुरा !



डा. गोविन्दशरण उपाध्याय ।
श्रीसीताराम नेपाली धार्मिक, सांस्कृतिक तथा जीवन दर्शनका अङ्ग हुन् भानुभक्तले नेपालीमा रामायण लेखेर नेपाली भाषाको विकासमा ठूलो टेवा पुर्याए । भानुभक्तले रामायण लेख्नु भन्दा हजारौं वर्ष पहिलेदेखि नै नेवार समुदायले सीतारामको कथामा आधारित रहेर ‘सीताराम जात्रा’का माध्यमबाट रामकथाको मन्चन गर्थे । मगर, थारू, बज्जी, भोजपुरी, गुरुंग, थकालीआदि जातजातिहरूमा पनि सीतारामको गहिरो छाप रहेका छ ।

भारत, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्ससहित विश्वका अनेकौं देशमा सीतारामको जीवनीमा आधारित कथाहरू र त्यसमा आधारित भएर लीला (नाटक) मन्चन गरिन्छ । नेपालमा पनि नेपाली परिवेशअनुसार रामकथा सृजना गर्ने काम भानुभक्त कविले गरेका हुन् । धेरै रामायण होलान् तर नेपालीहरूका लागि भानुभक्तको रामायणजस्तो अर्को हुनैसक्दैन । यसमा गौरव गरौँ ।
ऋषि बाल्मिकीको रामायण महान् छ । आनदरामायणआदि श्रेष्ठ छन् । भोजपुरी कवि तुलसीदासको रामायण धेरै राम्रो छ । तर नेपाली भाषि र नेपाली समाजलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा एकीकृत बनाउने भूमिकामा भानुभक्तले लेखेको रामायणको स्थान कुनैले पनि लिन सक्दैन । समकालीन र आधुनिक नेपालको जरोकिलो भानुभक्तको रामायणले बलियोसंग गाडेको छ । नेपालीले नेपाली रामायणको सम्मान, चर्चापरिचर्चा, अनुसन्धान नगरे कस्ले गर्छ ?

नेपालीका आदिकवि भानुभक्तले रामायणका माध्यमबाट विश्वभरिका नेपाली भाषिहरूलाई सांस्कृतिक एकीकरणको सूत्रमा बाँधेका छन् । भानुभक्तको रामायण भोजपुरी तथा मैथिलीभाषामा पनि अनुवाद भएको छ । भानुभक्तको रामायण वारे चर्चापरिचर्चा गर्दा नेपाल र नेपालीको पनि मान बढ्छ । भानुभक्त र उनको रामायणवारे परिचर्चा गरौँ । नेवार समुदायले “बास्सा नाच, गाईजात्रा, दशअवतार नाचआदिमा सीतारामको कथा मन्चन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमरेश सिंहको प्रश्नः भारत र पाकिस्तानबीच तनाव बढेका बेला नेपालले किन बोलायो पाकिस्तानी सेनाको डेलिगेसन ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अहिले भारत र पाकिस्तान बीच तनाव

कुलमानको बर्खास्त सेनापति हटाएजस्तो होइनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई सरकारले

रेशम पक्राउबारे वैशाख २५ गतेको संसद बैठकमा गृहमन्त्रीले जवाफ दिने

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई

मनिष झाको प्रश्नः माधव नेपालको बयान लिइँदैछ भन्ने सुन्दैछौं, अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार राजनीतिक प्रतिशोध साँध्ने काममा लागेको भन्दै आपत्ति