गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय



पोखरा । राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्रले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको माओवादी सांसद हरिबहादुर भण्डारीले जानकारी दिएका छन् ।

एमाले नेता खगराज अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । दल नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र रेशमबहादुर जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

दुवैले आज नै मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा दिने सांसद भण्डारीले बताए । माओवादी सरकारबाट बहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ ।

समर्थन फिर्ता लिएको जानकारी संसदमा आजै गराउने माओवादीको तयारी छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय र प्रतिनिधिसभाको बैठक, समिति गठन नभएसम्म कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबारको

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको

ओलीमाथि कांग्रेस झम्टिएको भन्दै एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले आक्रमण गरेको आरोप