भेलन्टाइन दिवसको सीमा



डा. गोविन्दशरण उपाध्याय ।
मान्छेका लागि प्रेम दिनु र पाउनु धेरै महत्वपूर्ण विषय हो तर यो भन्दा पनि महत्वपूर्ण भोजन, निन्द्रा र सुरक्षा हुन् । भोको र असुरक्षित मान्छेले न प्रेम गर्न सक्छ न प्रेम दिन सक्छ ।अनिन्द्राले जीवनी शक्ति क्षीण गर्छ । यदि तपाईंको पेट आंशिक रूपमा भएपनि नियमित भरिने गर्छ, केही क्षणका लागि भए पनि तपाईंले सुरक्षित अनुभव गर्नु हुन्छ र मज्जाले निदाएर जीवनी शक्तिलाई पुनः संचार गर्न सफल हुनुभएको छ भने तपाईंभित्र प्रेमका भावहरू उत्पन्न हुन्छन् । तपाईंलाई प्रेम गर्न र प्रेम स्वीकार्न मन लाग्छ ।

निश्चयनै सजिलैसंग भर पेट भोजन प्राप्त गर्न सफल भएका र सुरक्षित ठान्नेहरूले प्रेमका सपना बुन्छन् । कुनै पनि भोको वा असुरक्षित व्यक्तिले “प्रेम पत्र लेख्दैन, प्रेम गीत गाउँदैन, प्रेम–उपहार प्राप्त गर्न र दिनका लागि लामो प्रतीक्षा गर्दैन । उसका लागि वास, गास र कपास महत्वपूर्ण हुन्छ । प्रेमका ठाउँमा प्राकृतिक यौनक्रिया क्रियाशील हुन्छ । एउटा पशुले अर्को पशुसंग सम्भोग गर्दा केवल प्राकृतिक नियम पालन गरिरहेको हुन्छ, बंश–वृद्धिको प्राकृतिक क्रिया गरिरहेको हुन्छ । आहार, निन्द्रा, डर र मैथुन क्रिया (सेक्स)का सवालमा मान्छे र पशु बिच समानता छ । पशुमा बग्ने सेक्स–ड्राइभ मान्छेमा पनि बग्छ । सुरक्षित र अघाएको मान्छेले “नियम“ पालन गर्ने सम्भावना हुन्छ ।

डार्विनले मान्छेलाई देउताबाट पशुमा झारेर ठिकै गरे । विकासको चरम अवस्थामा पुगे पनि मान्छेसंग उसको प्राकृतिक पशुता रहन्छ नै । भोक लाग्ने, सेक्सका लागि मरिमेट्ने. सुरक्षा खोज्ने र निदाउँने क्रिया मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको हो । उससंग भएको बुद्धिले उपरोक्त प्राकृतिक ड्राइभलाई नियमित गर्ने प्रयत्न गर्छ । उदाहरणका लागि २१ सौं शताब्दिको “विकसित र ज्ञानी मान्छे पनि युद्धजस्ता असजिला अवस्थाहरूमा लुट्ने, बलात्कार गर्ने, मार्नेजस्ता पाशविक क्रियामा सजिलैसँग प्रवृत्त हुन्छ । यस्तो अवस्थाहरूमा बुद्धिले पशुतालाई सघाउने (सुरक्षित बलात्कार गर्ने र लुकाउने) क्रियालाई महत्व दिन्छ । सेक्स, सुरक्षा र डरको पशुता कहाँ, कतिवेला र कसरी जाग्छ र क्रिया सम्पन्न गर्छ ? कसैले भविष्यवाणी गर्न सक्दैन ।

२१ सौं शताब्दिका धेरै मान्छेले भोक, सुरक्षा र निन्द्राको सहज अवस्था प्राप्त गरेका छन् । मानवीय इतिहासमा आजको मितिमा झैं मान्छे कहिलै पनि सुरक्षित र अघाएको थिएन । त्यसैले मान्छेका लागि अनेकौं अवसर सृजना गरेर “रमाइलो“ प्रकट गर्ने र गराउने अभूतपूर्व परिवेश प्राप्त भएको छ । आजका मान्छेको जीवन सहज तर चिन्तन र क्रियाकलाप निकै जटील छन् । मान्छेले प्रेमजस्तो आदर्श भावनालाई समेत ‘व्यापारको विषय’ बनाएका छन् । भेलन्टाइन दिवसको अवसरलाई अत्यन्त सेलेब्रेटी बनाएर कण्डम–कम्पनीहरूले व्यापारीकरण गरेका छन् । युवापुस्ताहरूको स्वाभाविक प्रेमलाई ‘प्राकृतिक सेक्स–ड्राइभ’मा रुपान्तरित गरेर कण्डमको व्यापार गर्ने सूत्रको उपयोग गरेका छन् । भेलन्टाइन दिवसले “सर्वाधिक कण्डम बिक्ने“ अवसर त्यसै प्राप्त भएको होइन । सर्वेक्षणले यही भन्छ ।

आजको युवापुस्ताले प्रेम र सेक्सका बीच कुनै पनि भिन्नता देख्दैन । प्रेम विना पनि सेक्स हुन सक्छ, बालबालिकाहरू जन्मिन सक्छन् तर प्रेम विना मित्रता, सहृदयता, करुणा, दया, ममता, नम्रता, कर्तव्यआदि सम्भव हुँदैनन् । यदि तपाईंले भेलन्टाइन दिवसलाई सेक्स–दिवसका रूपमा स्वीकार गर्नुभएको छ अथवा स्वीकृति प्रदान गर्नुभएको छ भने प्रेमको सीमा शरीरलाई भोगेपछि समाप्त हुनेछ । शरीरप्रतिको आकर्षणलाई प्रेम भन्न सकिन्न किनभने फेरि पनि शरीरले शरीरको मांग गर्ने छु र प्रेम शरीरको भोगसम्म पुगेर टुंगिने छ । प्रेम सेक्सको विरोधी होइन तर सेक्सचाहिं आफैमा प्रेम नभएर दुई शरीरको प्राकृतिक मिलन हो ।

भेलन्टाइन दिवसका अनुयायीहरूले आत्मसमीक्षा गर्नुपर्छ कि प्रेम दिवसका नाममा कहीं कण्डम–व्यापारीहरूको व्यापारिक हतियार त वनिरहेक छैनौं ? यदि विवाहपूर्व शरीर भोग गर्नुभएको छ भने प्रेमका सवालमा अविश्वासका काँडाहरू रोपिएको छ । सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृति विना एकअर्काको शरीर भोग्नेहरू विवाहपछि पनि एकआपसमा विश्वासनीय नै रहन्छन् भन्ने कुराको के ग्यारेन्टी ! एकआपसमा प्रेम गर्नु राम्रो कुरा हो तर विवाहपूर्व नै शरीरलाई भोग्ने निर्णय गरेर कण्डम कम्पनिहरूको क्रेता बन्नु र भविष्यको लागि दाम्पत्यमा शंकाका वादलहरू तयार पार्नु कुनै पनि अर्थमा उचित होइन ।

अहिलेको समयमा रमाइला चाडवाडहरू वैश्विक भएका छन् । विश्व एकता गाउँझैं बनिरहेको अवस्थामा भेलन्टाइन–डेको आलोचना गर्दैमा युवाहरू यो यसबाट विमुख हुँदैनन् । नेपालमाको प्रणय दिवस बसन्त–पंचमी हो र बसन्त ऋतु (फागुन–चैत) प्रणय महिना हुन् भन्ने यथार्थतालाई पश्चिमी व्यापारले कुण्ठित पारेको छ । भेलन्टाइन–डे नेपालीहरूको मौलिक चाड होइन, यो सेक्सलाई बजारीकरण गर्ने विज्ञापन हो भन्दा सुन्नेवाल छैनन् । अन्त्यमा, भेलन्टाइन–डे कसैको लागि आत्मसम्मान लुटिने, बलात्कृत हुने र जीवनभरी हीनताबोधको कारक नबनोस् भन्ने तत्थ्यमा प्रत्येक युवायुवतिहरू सजग, सचेत हुनुपर्छ भने अभिभावकहरूले पनि विवेकको आँखा खोल्नुपर्छ किनभने प्रेम अभिशाप बन्नु हुँदैन ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८४ दिनपछि रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन्

रविसहित सातैजनासँग धरौटी माग, कोसँग कति धरौटी ?(आदेशसहित)

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

छविलाल जोशीसँग अदालतले माग्यो ८८ लाख धरौटी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा

रवि लामिछानेसँग ६५ लाख धरौटी माग

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका समापति