रविसहित सातैजनासँग धरौटी माग, कोसँग कति धरौटी ?(आदेशसहित)



पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

बिहीबार नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख, छविलाल जोहीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङलाई पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रवि भने धरौटी बुझाए पनि फेरि पक्राउ पर्नेछन् । किनकी उनको काठमाडौं, चितवन, पर्सा र रुपन्देहीमा मुद्दा बाँकी छन् । त्यसैले कास्की प्रहरीले उनी छुटेमा आफूलाई बुझाउन यसअघि नै अदालतलाई आग्रह गरिसकेको छ ।

कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध सहकारीकासाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पनि लगाएको थियो । उनीसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो मागदाबी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई

उर्जामन्त्रीको गुनासोः विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, अनि हामी कहाँ बत्ती गयो भन्छन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था

धार्मिक पर्यटनमार्फत समृद्धिको सम्भावना

-शैलेन्द्रकुमार श्रेष्ठ नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र