सत्ता गठबन्धनभित्रको खटपटले प्रधानमन्त्री अप्ठ्यारोमा : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता साझेदार दलहरुबीच खटपट सुरु भइसकेको बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले सरकारमा संविधानको विरोध गर्ने र राजतन्त्रको वकालत गर्नेहरु रहेकाले त्यो राम्रो संकेत नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ । यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ।’

उनले रवि लामिछानेको नागरिकता प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाविरुद्ध जनताले बोल्न थालेका बताए । उनले भने, ‘यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे हिजो आशावादी थिए । अहिले निराश हुन थालेका छन् । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको