यो सरकारमा कांंग्रेस सहभागी हुँदैनः उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले सम्मिलित वर्तमान सरकारमा कांग्रेस सहभागी नहुने बताएका छन् ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री पाए सरकारमा आउने भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् । उनले यस्ता भ्रमबाट मुक्त हुन आग्रहसमेत गरेका छन् ।

खड्काले भनेका छन्, ‘नबोलुँ भनेको फेरि बोल्नै पर्ने भयो । एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा संचारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन । कांग्रेस सहभागी हुदैन । सबै ढुक्क हुनुस्,यस्ता सबै खाले भ्रमबाट हामी सबै सम्बन्धितहरु मुक्त हुन जरुरी छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

  काठमाडौँ ।  आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि