‘पुरानालेसमेत लाज मानेको उपप्रधानमन्त्रीको झुण्डमा नमिसिएको भए आज कति धेरै नैतिक बल तपाईंसँग रहिरहन्थ्यो’



नारायण गाउँले ।

रविजी हेर्नुस् त ! एक महिना सत्तामा जान नहतारिएको भए, स्वार्थ बाझिने गरी गृह मन्त्रालयमैं जबर्जस्ती नगरेको भए, पुरानाले समेत लाज मानेको उपप्रधानमन्त्रीको झुण्डमा नमिसिएको भए आज कति धेरै नैतिक बल तपाईंसँग रहिरहन्थ्यो । वर्षौंदेखि अरू दलले संरक्षण गरेर, अझ पुरस्कृत गरेर राखेका कोइरीलाई नसमातेको दोष पनि तपाईंलाई नै भिडाउन दलहरू सफल भए । हिजो जेजे विसङ्गतिको विरोध गर्नुभो आज त्यही त्यही तपाईं आफैले गरे जस्तो चित्र कोरिन पुग्यो ।

सबै बिग्रिएको छैन । हामीलाई थाहा छ, नियत होइन, प्रक्रियागत त्रुटिले गर्दा तपाईंको नागरिकता अवैध बनेको हो । अहिले पनि भएभरको जायजेथा बेचेर अमेरिका छिर्न चाहने युवाहरू देशमा छन् । तपाईं देशमैं केही गर्ने अठोट लिएर आउनुभएको हो । सिधै सांसद र मन्त्री बन्न या रेडिमेड लाभ लिन तपाईं आएको होइन, सङ्घर्ष गर्न आउनुभएको हो । लामो समय गर्नुभएको पनि हो ।

अलिकति संयम र परिपक्कता देखाएर त्यो त्रुटि सच्याउनतिर लाग्नुहोस् । सकिन्छ भने नयाँ संस्कार प्रदर्शन गर्दै एकपल्ट माफी पनि माग्नुहोस् । तपाईंको दलले अदालतविरुद्ध नाराबाजी गर्ने हो भने त नयाँ दल र पुराना दलबीच के फरक रह्यो र ? तपाईं नेपाली नागरिक नै हो । बस्, त्यसको प्रमाणपत्र हासिल गर्ने प्रक्रिया नपुगेको हो । तपाईंको क्षेत्रमा चुनाब त हुन्छ नै । नागरिकता लिएर फेरि चुनाबी मैदानमा जन अनुमोदित हुने र अझ शक्तिशाली भएर कुनै दबाबबिना काम गर्न सक्ने अवसर तपाईंसँग छ ।

अरूले भोलि आफैं वरुद्ध हतियार बनाउन सक्ने गरी केही नबोल्नुहोस् । तपाईंको दल सरकारमा छ । कुनै कानुनले तपाईंलाई उम्मेदवार बन्न छेक्छ भने त्यसलाई बदल्न पनि सकिन्छ । तर, हरेक शब्द र कदम कानुनभित्रै रहेर उठाउनुहोस् । दलहरूका लागि बालेन र तपाईं एक प्रकारको थ्रेट नै हो । तिनले न्युट्रलाइज गर्न खोज्नु स्वाभाविक छ । तर, अझै पनि एउटा ठूलो नागरिक समाजका लागि तपाईं आशाको केन्द्र हुनुहुन्छ । भत्किएको ठाउँ टाल्दै जाने हो, थप भत्काउँदै जाने होइन । अझ लोभलाग्दो कमब्याक अवश्यम्भावी छ । त्यसलाई थप विश्वसनीय र भरोसायोग्य बनाउने काम तपाईंको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको आनन्द वनमा भीषण डढेलो, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको

काठमाडौँमा वायु प्रदूषणको स्तर उच्च, बाहिर निस्कदा मास्क लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह

सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि

लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र