मधेश प्रदेशमा सरकार गठनका लागि दलहरुलाई प्रदेश प्रमुखको अह्वान



जनकपुरधाम । मधेश प्रदेशमा सरकार गठनका लागि पुस २८ गतेसम्मको समय दिइएको छ । शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गर्दै पुस २८ गतेसम्मको समय दिएका हुन् ।

उनले पुस २८ गते अपरान्ह ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९/९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार

कांग्रेसलाई सरकार चाहिएको छ, संसदीय समिति होइन: अध्यक्ष ओली

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन

न्याय देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज