संसदीय दलको नेतामा सभापति देउवाको विकल्प छैनः उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् ।

बिहीबार सन्त नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्न नहुने बताएका हुन् । उनले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिङ्गो गठबन्धन नै चुनावमा गएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ–बायाँ कुरा गरिराख्नु नपर्ने बताए ।

उनले दलको नेताको चुनाव सर्वसम्मतरूपमा गर्नुपर्ने पनि बताए । उनले भने, ‘कांग्रेसको संसदीय दलको नेताको चुनाव सर्वसम्मत तरिकाले गर्नुपर्छ । सिधा कुरा छ, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी चुनावमा गएका छौँ । सभापतिले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ–बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’

उपसभापति खड्काले यो बेलामा कांग्रेसभित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए । कांग्रेसलाई एकताबद्ध बनाउँदै गठबन्धनका दलहरूलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय