समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए नाम फिर्ता, सबैभन्दा बढी कांग्रेसका



काठमाडौं । विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका छन् । उनीहरुले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरुलाई पनि यसको जानकारी गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका जानकारी दिए ।

उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए। यसरी निवेदन दिनेमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् ।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको उनले बताए । आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार १२ बजेसम्मको समय तोकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने