यो डरको र करको राजनीति होः रामचन्द्र पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनमा राजनीतिक संकट टार्नका लागि गठबन्धन गरिएको बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले तालमेल गरेर जानपर्ने आवश्यकता अनुसार कांग्रेसले गठबन्धनको निर्णय गरेको बताएका हुन् ।

पौडेलले धरातलीय यथार्थताको आधारमा सिट बाँडेर गठबन्धन गरिने उल्लेख गरे । उनले भने,‘मुलुकलाई सुशासन चाहिएको छ । त्यसका लागी नैतिक शक्ति चाहिएको छ । अहिलेको गठबन्धन भनेको संविधानको आवश्यकता अनुसार हो । हामीले गठबन्धन नगरे अरुले गर्छन् ? यो डरको र करको राजनीति हो ।’

दुवै सदनबाट बहुमतले पारित नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलाइ गरेको भन्दै असन्तुुुुष्टि जनाए । उनले भने, ‘संसदले पारित गरेर पठाएको विधयेक स्वीकृत गर्न राष्ट्रपतिले अलमल गर्न हुन्थेन । राष्ट्रपति कार्यालयले प्रष्टीकरण दिइरहने अवस्था नगरुन् भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत

आगामी साता वर्षा हुने विभागको पूर्वानुमान

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

यसरी फिर्ता ल्याइयो अमेरिका पुर्याइएका पुरातात्विक महत्वका २४ वटा मूर्ति

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको