पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्णः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेताहरुलाई मिलाउनु आफ्ना लागि चुनौतिपूर्ण रहेको बताएका छन् ।

शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेकाले मिलाउनु चुनौतिपूर्ण रहेको बताएका हुन् ।

उनले नेताहरु मात्रै मिलाउन सक्ने र एक ढिक्का भएर यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्न नेताहरु एक हुनुको विकल्प नभएको बताए । उनले भने, ’अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु। तराई मधेसमा यो बीचमा हजारौंको संख्यामा अरु पार्टीका बुद्धिजीवीहरु, नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् । हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ।’

उनले तराई–मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको बताए । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उनले असन्तुष्टि पोखे ।

प्रचण्डले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी र माओवादी नेतृत्वप्रतिको विश्वास र भरोसा नटुटेको बताए । आफू कतार, जापान लगायतका देशमा जाँदा जनताको तहमा आफ्नो पार्टीले खेलको भूमिका, हिजो गरेको त्याग र बलिदानको उचाई, नेतृत्वले विचार निर्माण र विचारको विकासमा खेलेको भूमिका, पार्टीले खेलेको भूमिकाप्रति अगाध आस्था र विश्वास रहेको अनुभूत गरेको बताए ।

उनले भने,’कहीँ धरमराएको छ भने नेताहरुमा धरमराएको छ। नेताहरु ढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु।’ उनले आगामी निर्वाचनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्म एकताबद्ध भएर अघि बढेमा वामपन्थी दलहरूमध्ये माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको