गठबन्धन भएपछि जितिहालिन्छ भनेर रिल्याक्स गर्ने त्रुटि नगरौँः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् ।

बिहीबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले १६०/१७० पालिकामा जित्ने आँकलन भएपनि १२२ मात्रै जितेको बताए ।

उनले परिणाम आफूहरूले आँकलन गरेभन्दा केही कम भएपनि अरुका लागि चाहिँ बढी भएको बताए। उनले माओवादीले यति पालिका जित्ला भनेर अरुले नसोचेको बताए ।

उनले भने, ‘हामीले कम्तिमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि राम्रोसँग मेहनत गर्दा १७०/१७५ सम्म हाम्रो आउँछ।एमालेको पनि १६०/१७० तिर झर्छ र हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी र देशको दोस्रो पार्टी बन्छौं भन्ने आंकलन गरेका थियौं ।’

अहिले माओवादी केन्द्रको स्थिति निर्णायक तेस्रो शक्तिका रुपमा रहेको उनले बताए। देशको चाबी जनताले माओवादी केन्द्रलाई दिएको उनले दाबी गरे ।

उनले भने,‘चाबी माओवादी केन्द्रको हातमा दिएको छ। देशलाई कुन मोडमा लैजाने भन्ने कुरा माओवादी केन्द्रलाई दिएको छ ।’ उनले स्थानीयभन्दा अबको निर्वाचनमा गुणात्मक परिणाम ल्याइने दाबी गरे ।

उनले भने,“आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो, वामपन्थी पहिलो पार्टी बन्ने सम्भावना छ ।’

उनले आगामी निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूसँग मिल्न आउने वातावरण बनाउने बताए । उम्मेदवार चयन गर्दा जनताले लोकप्रिय मानेका व्यक्तिलाई छान्नुपर्ने स्थिति रहेको र साउन १५ भित्रै उम्मेदवार चयन गर्ने योजना रहेको बताए ।

उनले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने भन्दै त्यसमै भर पर्ने त्रुटि नगर्न निर्देशन समेत दिए । उनले भने, ‘गठबन्धन भएपछि जितिहालिन्छ भनेर रिल्याक्स गर्ने त्रुटि नगरौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ