रेनुले नजिते देश दुर्घटनामा जाने धम्की नदिन प्रचण्डलाई ओलीको चेतावनी



सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् ।

इटहरीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिममा चिसै पानीले नुहाउने ठोकुवा गरे ।

उनले भने, ‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी ।’ उनले गठबन्धन मुलुक लुट्नका लागि मात्रै गठबन्धन भएको ठोकुवा गरे । ओलीले भने, ‘यो गठबन्धनका काम त सरकार बनाउने, बाँडीचुँडी खाने, नातागोता पार लगाउने ।’

उनले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको भन्दै बैशाख ३० मा पराजय गरेर जवाफ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविले अब कमजोरी स्वीकार्नुको विकल्प छैनः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

समावेशी सहभागिताबारे कयौँ कानुनी प्रावधान भएपनि सहज छैन महिलालाई नेतृत्वमा पुग्न

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत

राप्रपा अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व