अमेरिकन साँढे !



डा. गोविन्दशरण उपाध्याय ।
यो अमेरिकन (युएसए) साँढे हो । यो संसारका हरेक ठाउँमा पुगेको छ । जहाँ जान्छ, त्यहाँ आफ्ना बर्णसंकर सन्तान पाउँछ । ती बर्णसंकरहरूले रैथाने साँढेलाई खर्ल्याप्प पार्छन् र आफ्नै जातका संकरहरूको बर्चश्व कायम गर्छन् । यो साँढेबाट जन्मेका वर्णसंकरहरू एतिविध्न बाउमुखी हुन्छन् कि सकेसम्म रैथाने जातका गौवंशको सधैंका लागि समाप्त पार्छन् । यो साँढेबाट जन्मेका संकरहरूको “बाउ“ भक्ति जगजाहेर छ ।

प्रजातान्त्रिक भएकोले यस प्रजातिका सिंग बाहिर नभएर भित्र हुन्छन् । यस प्रजातिका भित्री सिंग भने निकै तीखा हुन्छन् रे ! देख्दा अत्यन्त सरल हुन्छ तर पाँचतारे सुविधा नभई बाँच्न सक्दैन र यसका संकर–सन्तान पनि ठ्याक्कै यो जस्तै स्वभावका हुन्छन् । त्यसैले होला, यसको गोठ वरिपरिका क्षेत्रहरू पूर्णतया संरक्षित हुन्छन् ।

आकर्षक देखिने हुँदा यस्तो साँढे पाल्न “हुनेखाने“ किसानहरू बढी आकर्षित हुन्छन् र हुँदाखानेहरूले साँढेका विषयमा सुनेर चित्त बुझाउनु पर्छ । यसबाट जन्मेका सन्तानले धेरै तर गुणस्तरहीन दूध उत्पादन गर्छन् भन्ने सुनिन्छ । जे–होस्, अब अमेरिकन साँढे नै भित्रिएपछि हरेक नेपाली बालबालिका कुपोषणरहित भएर मर्ने “स्थिति“ रहने छैन र रैथाने जातका नौमुठे, लुलु, पहाडेजस्ता गाईहरू पाल्ने झन्झटबाट जनतालाई उन्मुक्ति मिल्ने छ । यो साँढे र साँढेबाट जन्मिएका वर्णसंस्कारहरू स्याहारसुसार गर्दैगर्दै सुसारे “चिलीम“ भए आश्चर्य मान्नु पर्दैन ।
अमेरिकन साँढे निकै आकर्षक छ किनभने जहाँ गएपनि यसको मालिक सधैं पछिपछि हुन्छ र यसको हेरविचार ठीकठीक तरिकाले गरे नगरेको विवरण राख्छ । यो एक्लो कत्ति पनि हुँदैन । साँढेसँग रुपरंग र चालढाल मिल्ने साँढेहरू सधैं यसको रक्षाका लागि तयारी अवस्थामा हुन्छन् । बर्णसंकर यो जातले रैथानेजातका गौबंशलाई देख्नै सक्दैनन् र आफ्नो यस्तो प्रवृत्तिलाई “प्रजातन्त्र“ भन्दै आफ्नो बंश थोपर्छ । यसले आफ्नो बंश वृद्धि भएको देख्छ तर अरू मासिएको पटक्कै देख्दैन ।

जे होस्, अमेरिकन साँढे नेपालमा ल्याउनेहरू र तिनका शाखासन्तानहरू यसै साँढेका संकर गाईहरूको पुछार समातेर वैतरणी तर्नेचाहिं निश्चित भएको छ । अरू को के मतलव !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई