जुन दिन पहिलो चरणको निर्वाचन भएको थियो त्यो दिनलाई नै पाँच वर्ष पूरा भएको मान्नुपर्छ



शारदाप्रसाद त्रिताल ।

स्थानीय तहको निर्वाचनसम्बन्धी बहस र राजनीतिक मूल्यमान्यताको सन्दर्भ ! स्थानीय तहको निर्वाचनलाई लिएर अहिले निकै ठूल्ठूला बहस चलिरहेको देखिन्छ । दलगत र गुटगत विचारले प्रशिक्षित कानून व्यवसायीहरुका तर्क पनि फरक फरक देखिएका छन् । अधिकांश बौद्धिक वर्गको विचार पनि यस्तै रहेको देखिन्छ । दलका नेता तथा कार्यकर्ताहरु पनि व्यक्तिगत, गुटगत र दलगत स्वार्थको आधारमा विचार राख्न मै प्रयासरत रहेको देखिन्छ । निर्वाचन मूलत राजनीतिक दाउपेच नै हो । यति हुँदा हुँदै पनि निर्वाचन राष्ट्रको विकासको आधार हो भन्ने विर्सनु हुन्नथियो । राजनीतिक दाउपेचको कारण राष्ट्रको विकासलाई नकारात्मक प्रभाव पर्न भने दिनु हुँदैन थियो ।

दाउपेचका बीच पनि राष्ट्रको स्वार्थ र राजनीतिक मूल्य, मान्यता, परम्परा तथा अभ्यासहरुलाई ध्यान दिनु पर्ने हो । निर्वाचन सम्बन्धी संवैधानिक र कानूनी प्रावधान निर्माण गर्दा नै स्वार्थवस गलत तरिकाले प्रावधानहरु राखेको कारणले नै अहिले यो समस्या आइपरेको हो ।
यदि सच्चा लोकतन्त्रवादी नेताहरु भइदिन्थे भने राजनीतिक मूल्य, मान्यता, परम्परा र अभ्यासलाई आधार मानेर निर्णय हुने थियो ।
दुर्भाग्य त यो छ कि समकालिन नेपाली नेतामा त्यस्तो कोही नेता देखा परिरहेको छैन जसले राजनीतिक दाउपेचलाई राष्ट्रको विकाससँग सामञ्जस्य गराएर नेतृत्व गर्न सकोस् ।

मुख्य दलहरुमा राष्ट्रको हित भन्दा आफ्नो व्यक्तिगत, गुटगत र दलगत लाभहानीलाई मात्र हेरेर नेतृत्व गर्न रुचाउने नेताहरु देखिएका छन् ।
पाँच वर्ष पहिले स्थानीय तहको निर्वाचन चरणबद्ध रुपमा भएको थियो । यदि मूल्य, मान्यता र अभ्यासलाई हेर्ने हो भने जुन दिन पहिलो चरणको निर्वाचन भएको थियो त्यो दिनलाई नै पाँच वर्ष पूरा भएको मानेर अवको निर्वाचन गर्ने तर्फ ध्यान दिनु पर्छ । अरु तर्कको कुनै औचित्य छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई