अहिले हामीमा आम रूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ



डा. अनुप सुवेदी ।

कति जनाले परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको भन्नुभएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पछि पिसिआर गर्दा पोजिटिभ आएको छ। पहिलेका भेरियन्टको सङ्क्रमण हुँदा लक्षण शुरु हुनु १–२ दिनअगावै पिसिआर र एन्टिजेन पोजिटिभ देखिन थाल्थे, किन भने भाइरसको पर्याप्त मात्रा उत्पादन भइसकेको हुन्थ्यो। तर यसपालि त्यस्तो कम देखिएको जस्तो बुझिन्छ।

यसो हुनुको एउटा मुख्य कारण के हो भने हामीमा आम रूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ। त्यसैले यस पटक कोरोनाभाइरसको संक्रमण भएपछि भाइरसले हाम्रो शरीरका कोषिकाहरूमा प्रवेश गरेर पहिले जस्तो सजिलैसँग चाँडो चाँडो धेरै नयाँ भाइरस उत्पादन गर्न सकेको छैन। त्यसो हुँदा, घाँटी वा नाकमा परीक्षणले पत्ता लगाउनको लागि पर्याप्त मात्रामा भाइरसको संख्या तयार नभइसकेको रहेछ भने एन्टिजेनले शुरुमा नेगेटिभ देखाउन सक्छ।

अनि १–२ दिनपछि फेरि एन्टिजेन वा पिसिआर गर्दा चाहिँ भाइरसको पर्याप्त मात्रा भइसकेको हुने हुनाले जाँचमा पोजिटिभ आउँछ।
यदि टेस्ट नेगेटिभ आयो तर तपाईंलाई लक्षण छ वा संक्रमणको शंका छ भने अरूबाट छुट्टै नै बसिरहनुहोला, आफूलाई संक्रमण भएकै बुझेर सावधानी अपनाउनुहोला, बरू १–२ दिनमा फेरि परीक्षण गरेर हेर्नुहोला ।

कसै कसैको पहिले पिसिआर नै नेगेटिभ आएपछि फेरि शङ्का लागेर १ दिनपछि एन्टिजेन जाँच गर्दा पोजिटिभ आएको छ। वास्तवमा माथि बताइएको कुराले पिसिआर प्रविधिलाई खासै फरक नपार्नु पर्ने हो, तर मैले निकट परिवारमै पनि यस्तै देखेको छु । फल्स नेगेटिभ पिसिआर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै दिएको स्वाबमा देखिएकोले पिसिआर जाँचकै गुणस्तरमा प्रश्न उठाउन पनि नमिल्ला। पिसिआर पनि यसरी फल्स नेगेटिभ आएको पनि माथि उल्लेख भएकै बढी रोग प्रतिरोधी क्षमताकै कारणले भएको हो कि भन्ने कुरा चाहिं यो परीक्षणसम्बन्धी नै विज्ञहरूलाई नै निर्क्यौल गर्न छोडिदिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह