ओमिक्रोनसँग नआत्तिन डब्लूएचओको सुझाव, सतर्क रहन आग्रह



विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न आग्रह गरेको छ । एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् । ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ ।

भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन्। तर नेपालमा अहिलेसम्म यो भेरियन्ट आइपुगेको जानकारी छैन । कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ। तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ । रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरियन्ट “अत्यन्तै सङ्क्रामक“ रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने ’स्ट्रेन’ बन्न सक्ने सम्भावना रहेको बताइन् । तर यस्तो पूर्वानुमान गर्न भने कठिन रहेको उनको भनाइ छ ।

उनका अनुसार अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टबाट सङ्क्रमति रहेका छन् । उनले भनिन्, ‘हामी कति चिन्तित हुनुपर्छ ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं ।’

डब्ल्यूएचकोका आपत्कालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा झहिले कोभिड–१९ विरुद्ध निकै प्रभावकारी खोपहरू उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताए ।

कोभिडको नयाँ भेरियन्टलाई ओमिक्रोन नाम दिइएको एक साता हुँदा कोभिडको यो स्वरूपले पार्न सक्ने खतराबारे बुझ्न विश्व सङ्घर्षरत छ । यो भेरियन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ। पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा सुरक्षाकर्मीसँगको भिडन्तमा ३१ माओवादीको मृत्यु

नयाँदिल्ली  । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला

प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

काएरो ।  इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७

मालीमा भएको आतङ्कवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु

डाकार । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका

माओवादीका कुन नेताले पाए कुन जिम्मेवारी ?(सर्कुलरसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ