माओवादीका कुन नेताले पाए कुन जिम्मेवारी ?(सर्कुलरसहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ २१ गते बसेको पदाधिकारी बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी तोकेको हो । आइतबार जारी भएको अन्तरपार्टी निर्देशनअनुसार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले दुई विभाग आफैसँग राखेका छन् ।

उनले पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी राखेका हुन् । यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख भएका छन् । यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्य व्यवस्था मामिला, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र, पम्फा भुसाललाई समावेशी तथा सामाजिक न्याय क्षेत्रको जिम्मेवारी तोकिएको छ । यसैगरी महासचिव देवप्रसाद गुरूङले संघीय मामिला क्षेत्रको संयोजकको जिम्मेवारी पाएका छन् ।

उपमहासचिव वर्षमान पुनलाई आर्थिक क्षेत्रको संयोजक तोकिएको छ । अर्का उपमहासचिव जनार्दन शर्माले भने संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा

‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल त भएको छैन ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेलको

मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार